ठूला र बडाको हार कहाँ छ ?
समान देख्ने आधार कहाँ छ ?यौटा बचाउन अर्को मर्नुपर्ने
सबलाई बराबर संसार कहाँ छ ?
जति नै जप न मन्त्र स्वाभिमानको
मान्छे नबेचिने बजार कहाँ छ ?
यो चानचुनको हिसाबी सहरमा
दिल नै दिने दिलदार कहाँ छ ?
कोसँग मागूँ म को दिन सक्दछ
नगद विनाको प्यार कहाँ छ ?
..




Post a Comment