पछिल्लो अपडेट
Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Saturday, August 16, 2014

ज्ञानुवाकर पौडेल - मुक्तक

1.
कसैलाई रिझाउन पनि अहो कस्तो गाह्रो
कसैलाई फकाउन पनि अहो कस्तो गाह्रो
मन मिलेर मात्र के गर्नु कुरा नमिलेपछि
पिरतिको स्वाद चखाउन पनि अहो कस्तो गाह्रो ।
2.
खुशीले नाँच्न पनि अचेल पैसा लाग्ने भो
ढंगले बाँच्न पनि अचेल पैसा लाग्ने भो
मन परेन खै मलाई त यो बजारिया संस्कृति
माया गाँस्न पनि अचेल पैसा लाग्ने भो ।
3.
कति मीठा छन् तिमी झैँ तिम्रा यी गुनासाहरू
कति गहिरा छन् समुद्र झैँ तिम्रा यी आँखाहरू
पौडिन पाए सधैं यी आँखामा हराउँन पाए
सजिलै पार लगाइन्थ्यो होला जिन्दगीका यी बाधाहरू ।

Friday, June 6, 2014

किसान - मुक्तक

पराईले हेर्दापनि आफ्नाले हेर्दापनि
उस्कै पक्षमा यो दुनियाले हेर्दापनि

 काडाँलाई त आखिर काडाँ नै देखिन्छ
विचार गर फूलको आखाँले हेर्दापनि   





 

Sunday, June 1, 2014

आशिष दनाई - मुक्तक

मलाई हेर्दै लजाउँछ्यौ झनझन राम्री देखिन्छ्यौ
ओठ खोली मुस्कुराउँछ्यौ झनझन राम्री देखिन्छ्यौ
कसरी म तिम्रो रुपको बयान गरुँ मेरी रानी
जती जती नजीक आउँछ्यौ झनझन राम्री देखिन्छ्यौ


नजरबाटै मुटुसम्म प्रहार गर्न सक्नुपर्छ
कसले चोखो मायाँ गर्छ बिचार गर्न सक्नुपर्छ
मनको कुरा दुनीयालाई बताएर के हुन्छ र ?
दुनियाको नजर छली प्यार गर्न सक्नुपर्छ





 

Wednesday, May 14, 2014

अबिरल सागर सौगात - मुक्तक

मुक्तक (१) 
पिडा माथी पिडानै थपीदियो ।
पहिले भन्दा अचेल बढीदियो ।
उनले मलाई धोका दिए पछी ।
सराब पिउने बानी परीदियो ।।


मुक्तक (२)
न तलाई दियो न मलाई दियो ।।
मेरो जिवन नरक बनाई दियो ।।
र'त मनमा उमंग छैन जोस छैन।
आज समयले मलाई हराई दियो।


मुक्तक (३)
उस्तै छजिन्दगीको काहानी तिम्रो पनि मेरो पनि ।।
आसुले भिजेको छ सिरानी तिम्रो पनि मेरो पनि ।।
सधैभरी दु:खलाई आत्मा साथ गरी बाच्नु पर्ने ।।
यस्तै रहेछ भाग्यको लेखानी तिम्रो पनि मेरो पनि।।


मुक्तक (४)
कति गर्छौ कुरा ढाटेर अब ।।
पिरतीका कुरा बाटेर अब ।।
नदेखाउ झुठो माया मलाई ।
अरुसंग मनमुटु साटेर अब ।।


मुक्तक (५)
 गन्तव्यमा पुग्न साथ दिउला के भो र ।।
मित्रताको अमृतसंगै पिउला के भो र ।।
मन-मुटु को सहयात्री बनिसके पछी ।।।
सुख दु:ख बाडीचुडी लिउला के भो र ।


 
 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.