१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरेमा गत शनिबार गउको पहिरोमा पुरिएका थप १७ जनाको शव भेटिएको छ । यससँगै पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहका अनुसार सोमबार विहान पहिरो हटाउने क्रममा घरको भग्नावशेषले पुरिएको अवस्थामा शवहरु भेटिएको हो ।
डोजर र स्काभेटरको सहयोगमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पहिरो हटाउने काम भइरहेको छ । मेलम्चीबाट थप एक स्काभेटर पुग्दैछ ।
शनिबार विहान करिव साढे ३ बजेतिर राम्चेबाट झरेको पहिरोले जुरेमा सुनकोशी नदी थुपेको थियो भने गाउँ नै पुरिएको छ । प्रहरीले १५० बढी सार्वसधारण वेपत्ता रहेको बताएको छ । तर, झण्डै ५० घर पुरिएको आशंका गरेपनि यकिन तथ्यांक छैन । पहिरोले थुनेको नदी ओभर फ्लो भएर बगेपछि बनेको ताल कायमै छ । जसका कारण उद्धार कार्यमा समेत अफ्यारो भएको छ ।
काठमाडौ साउन १९ – प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा व्यवस्थापिका संसदमा दिएको अभिव्यक्ति कति सत्य हो, त्यो पुरा होला नहोला आफ्नै ठाउँमा छ तर जितबहादुर सारु मगरको हकमा उनले नेपाल जनतालाई ढाँटेको खबर प्राप्त भएको छ । प्रधानमन्त्री मोदीले नै आफ्नो ट्वीटरमा जितबहादुलाई सानैदेखि आफूसँग राखेको र पहिलो पटक उसको आमाबाबुलाई बुझाउन गइरहेको कुरा सार्वजनिक गरेका थिए । उनको यस कदमलाई सबैले स्वागत र वाहवाही गरेका थिए । सोमबार राजधानीको हायात रिजेन्सीमा जीतबहादुर र उनको परिवारसँग भेट गराएको कुरा सबै मिडियाले प्राथमिकतासाथ प्रशारण पनि गरे ।
तर, वास्तवमा जीतबहादुरले यसअघि पनि दुई पटक आफ्ना परिवारसँग भेटिसकेका छन् । भारतकै एकजना बुद्धिजीवी विनोद मेहताले आफ्नो ट्वीटरमार्फत एक फोटो सार्वजनिक गर्दै प्रधानमन्त्रीको भनाई ‘फ्रड’ भनेका छन् । सार्वजनिक गरिएको फोटोमा जितबहादुर केही वर्ष पहिले आफ्ना परिवारसँग भेटेको र सामुहिक तस्विर खिचाएको छ । फोटोमा दाजु, भाउजु, भतिजा भतिजी र आमाका साथमा मुस्कुराउँदै छन् । जवकि प्रधानमन्त्री मोदीले पहिलो पटक उसको परिवारलाई भेट्दैछन् भनि दावी गरेका छन् । मोदीको भनाई र यो फोटोले नेपाली जनतालाई शंकाको घेरामा राखिएको छ । राजनीतिक विश्लेषकहरुको भनाईमा प्रधानमन्त्री मोदीले नेपालमा चर्चा र भावनात्मक वाहवाही पाउनका लागि जितबहादुरलाई प्रयोग गरेको हुनुपर्छ । दुई तीनवर्ष अगाडि आफ्ना परिवारसँग भेटी सकेका जितबहादुर १६ वर्षपछि पहिलो पटक भेट्दैछन् किन भन्छन् होला । नवलपरासीका एक पत्रकारले दुई तीनवर्षअघिदेखि उनको खोजी भइरहेका थिए तर जितबहादुर आफ्नो परिवारलाई भेटेकी भेटेन त्यो थाह नभएको बताए । शंका गर्ने ठाउँ एउटा अर्को पनि रहेको छ । जितबहादुरलाई कुनै पनि कुरा सोध्दा साहब (मोदी) सँग सोधेर मात्र भन्ने प्रतिकृया दिँदै आएका छन् । २७ वर्षीय जितबहादुर १० वर्षकै उमेर आफ्ना दाजु दशरथको साथमा मजदुरीका लागि भारत गएका थिए । दाइसँग मजदुर काम गरिरहेका जितबहादुर आफ्ना दाइसँग घर फर्केनन्, उतै हराए । एकजना महिलाको मध्यमबाट नरेन्द्र मोदीको सम्पर्कमा गए । त्यसबेलादेखि हालसम्म परिवारको सम्पर्कमा नआएको दावी प्रधानमन्त्री मोदीको रहेको छ । जितबहादुरका परिवारका साथ काठमाडौ आएका रामचन्द्र धितालका अनुसार २०५५ सालमा भारत गएयता जितबहादुर दुईपटक आफ्ना परिवारसँग नेपाल आएर भेटीसकेका छन् । उद्योगपति विनोद चौधरीको प्रयासमा खोजि कार्यभएपछि पहिलो पटक २०६८ सालमा नेपाल आएर आफ्ना परिवारसँग एक महिनासम्म बसेका थिए । दोस्रो पटक २०६९ सालको तिहारमा आएर टिका लगाएर फर्केका थिए । सोही बेला आएको बेला परिवारसँग सामूहकि तस्विर खिचाएको स्रोतको दावी छ । यसअघि दुई पटक जितबहादुर आफ्ना परिवारलाई भेटेपनि नरेन्द्र मोदीले आफ्नो सामुन्नेमा उनको आमालाई भेट गराएको पहिलो पटक रहेको धितालको दावी छ । भारतीय दुतावासको सहयोगमा नवलपरासीबाट आफ्नो छोरालाई भेटन् काठमाडौ जितबहादुरका परिवार जितवहादुरका परिवार ह्यात होटलमा बसिरहेका छन् । स्मरण रहोस्, बेलायतका प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा बीच बाटोमा गाडी रोकेर बाटो छेउमा राखेको पसलबाट केही खाएका थिए । उनको यस कार्यले उनले भारतमा वाहवाही तथा भारतीय नेताहरुले अलोचना सहनु परेको थियो । तर, पछि त्यो केवल पब्लिसिटी स्टन्ट मात्र रहेको प्रमाणित भएको थियो ।
विगत केहि हप्तादेखि बन्द रहेको ई.अ.स पश्चिमान्चल क्याम्पस खोल्नु पर्ने माग राख्दै विद्यार्थीहरुले क्याम्पसको मुख्य गेटमा ताला लगाएका छन् । निर्दोष विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले कारवाहि गरेपछि क्याम्पस पटक पटक तनावग्रस्त बन्दै आईरहेको छ । नेपाल विद्यार्थी संघका निर्दोष कार्यकर्तालाई राजनितिक पुर्वाग्रह राखि क्याम्पस प्रशासनले कारवाहि गरेको भन्दै नेपाल विद्यार्थी संघले आन्दोलन गर्दै आईरहेको छ । आन्दोलनकै क्रममा अन्य संगठनहरुसँग पटक पटक झडप समेत भएको छ । क्याम्पसमा शान्ति शुरक्षा कायम राख्न भन्दै क्याम्पस प्रशासनले स्थानिय प्रशासनलाई जिम्मा लगाई क्याम्पस बन्द र होस्टल पुर्ण रुपमा खालि गरेको थियो । बन्द रहेको क्याम्पस खोल्नु पर्ने र आफुहरु होस्टल बस्न पाउनु पर्ने माग राखेर क्याम्पसको मुख्य गेटमानै ताला लगाएका छन् ।
रुपन्देहीकी तेरिया फौजा मगर भारतीय जिटिभीबाट प्रसारित नृत्य प्रतियोगितामा ४० लाख प्रतियोगीलाई पछि पारेर उपाधि जित्न सफल भएकी छन् ।
तेरिया डिआइडी लिटल मास्टर्स च्याम्पियन बनेको औपचारिक घोषणा हुन भने बाँकी छ । डिआईडी स्रोतले दिएको जानकारी अनुसार अनुष्का, हार्दिक र सदविनलाई पछि पार्दै तेरियाले उपाधि जितेकी हुन ।
तेरियाले ५० लाख भारु लगायतका पुरस्कार प्राप्त गर्नेछिन् ।
११ वर्षीय तेरियाको बाबु पनि दुबईबाट विदा मिलाएर छोरीको कार्यक्रममा सहभागी हुन पुगेका छन् ।
पूर्वपश्चिम द्रुत विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत पहिलो चरणको काम बर्दिवासबाट आइतबार सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सर्लाहीको रानीगन्जमा बर्दिवास-सिमरा विद्युतीय रेलमार्गको शिलान्यास गरे। प्रतिघन्टा एक सय ६० किलोमिटर गतिमा चल्ने विद्युतीय रेलमार्गको बर्दिबास-सिमरा एक सय आठ किमि खण्ड ६ वर्षभित्र पूरा गर्ने सरकारी लक्ष्य छ।
रेल विभागका महानिर्देशक अनन्त आचार्यले तीन चरणमा विभाजन गरी काम सम्पन्न गर्ने उद्देश्यअनुसार पहिलो चरणमा सर्लाहीको फुलजोरबाट पश्चिम पाँच किलोमिटर माटो पुर्ने, कल्भर्ट तथा पुल बनाइने बताए। रेलमार्गको सिमरा-बर्दिबास खण्डको कुल एक सय आठ किलोमिटरमध्ये पहिलो पाँच किलोमिटर खण्डको निर्माण कार्य आइतबारदेखि सुरु भएको हो। हाल सर्लाहीको लालबन्दीसम्म पाँच किलोमिटरका लागि टेन्डर आह्वान भई निर्माण सुरु भएको छ। 'पहिलो चरणमा सिभिलअन्तर्गत इलाइनमेन्ट फिलिङ गरिनेछ', विभागका इन्जिनियर बोधप्रसाद भण्डारीले भने, 'हाल रेलको ट्र्याक ओछ्याउनेभन्दा पहिले गरिने निर्माणको काम सुरु गरिएको हो।'
पहिलो चरणमा पाँच किलोमिटरको निर्माण कार्य सम्पन्न गरेपछि मात्रै रेलको ट्र्याक राखिनेछ। रेलवे विभागले पहिलो चरणमा सिमरादेखि बर्दिबास खण्डको रेलमार्ग पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य लिएको छ। लिकभन्दा मुनिको सबै निर्माण कार्यका लागि गत भदौमा ठेक्का आह्वान गरी मंसिरमा ठेकेदार चयन गरिएको थियो।
निर्माण कार्यका लागि दिवा-गजुरमुखी-समानान्तर जेभी, महालक्ष्मी-हीरा एन्ड नमिता र दिवा-गजुरमुखी कन्स्ट्रक्सनसहित तीन कम्पनीले ठेक्का पाएको रेलवे विभागले जानकारी दिएको छ। तीन खण्डमा निर्माण गरिने रेलमार्गमा पहिलो खण्डको दुई किलोमिटरका लागि नौ करोड रुपैयाँमा दिवा-गजुरमुखी-समानान्तर जेभीले ठेक्का पाएको हो। कम्पनीले पाएको ठेक्काअन्तर्गत इलाइनमेन्ट फिलिङको काममात्र गरिने निर्माण व्यवसायी दीपक गौतमले जानकारी दिए। विभागका अनुसार ठेक्काअन्तर्गत कलभर्ट पनि निर्माण गरिनेछ भने विभिन्न खोलामा पुलका लागि छुट्टै ठेक्का आह्वान गरिनेछ।
सिमरा-बर्दिबास खण्डको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) चुङसुक इन्जिनियरिङ कोरिया, कुनह्वा कन्सल्टिङलगायतका पाँच कम्पनीले तयार पारेका हुन्। रेलवे विभागका अनुसार जम्मा नौ सय ४५ किलोमिटरको द्रुत विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन भारतको रिट्स इन्डिया लिमिटेडले सिल्ट कन्सलट्यान्टसँग मिलेर सन् २०१० मा गरेको थियो। मेची-महाकाली विद्युतीय रेलमार्गमा एक सय ६ वटा स्टेसन राखिनेछ भने रेलको गति एक सय ६० किलोमिटर प्रतिघन्टा हुने विभागले जनाएको छ। ७० अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको नौ सय ४५ किलोमिटर लामो मेची-महाकाली द्रुत विद्युतीय रेलमार्गले मेचीको काँकडभिट्टादेखि महाकालीको गड्डाचौकीसम्म जोड्नेछ। यो रेलमार्गले ६ ठाउँबाट भारतका रेलवे लाइनलाई जोड्ने हुँदा नेपाल-भारत अन्तर्देशीय यात्रु एवं मालसामान आवागमन सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। साथै द्रुत विद्युतीय रेलमार्गले इटहरी, बर्दिबास, चन्द्रनिगाहपुर, सिमरा, बुटवल, लमही, कोहलपुर, अत्तरिया र महेन्द्ररनगरसम्मका बजारलाई भारतका बजारसँग जोड्नेछ।
मुआब्जा कम भएको भन्दै विरोध
नेपालमा पहिलो पटक विद्युतीय रेलमार्गको शिलान्यास हुँदै गर्दा सर्लाहीमा जग्गाधनीले विरोध गरेका छन्। सरकारले सर्लाहीमा जग्गाधनीलाई ३० हजारदेखि २२ लाखसम्म मुआब्जा दिने निर्णय गरेको छ। रेलमार्गमा १५ कठ्ठा जमिन परेका सर्लाही रानीगन्जका विश्वमित्र रिजालले सरकारले आफूलाइ सुकुमवासी बनाउन लागेको बताए।
'हामी विकासविरोधी होइनौं', उनले भने, 'तर जमिनको उचित मूल्यांकन गरी मुआब्जा पाउनुपर्छ।' लालबन्दी नगरपालिकाका दिलीपराज सुवेदीले जमिनको मूल्य चलनचल्तीअनुसार पाउनुपर्ने, पुनर्मूल्यांकन हुनुपर्ने भन्दै शिलान्यास स्थलमा विरोध गरे। पहिलो चरणमा निर्माण हुन लागेको सर्लाहीको ६ किलोमिटर खण्डमा एक सय ५० भन्दा बढी व्यक्ति को करिब ४५ बिघा जमिन परेको छ। मुआब्जा दिने निर्णय गर्दा जिल्ला प्रशासन कार्यालयले पक्षपात गरेको जग्गाधनीको आरोप छ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले केही पाउन केही गुमाउनुपर्ने बताउँदै आज केही असुविधा भए पनि भोलिका सन्ततिका लागि यो रेलमार्गले ठूलो फाइदा पुग्ने बताए। मन्त्री निधीले मुआब्जाको कारण राष्ट्रिय गौरवको योजनालाइ अवरोध नपु:याउन पनि उनले आग्रह गरे। मुआब्जा वितरणका लागि सरकारले चालू आथिर्क वर्ष ६० करोड रुपैयाँ विनियोजन गरेको छ।