पछिल्लो अपडेट
Showing posts with label खेल. Show all posts
Showing posts with label खेल. Show all posts

Friday, June 13, 2014

विश्वकपको भव्य उद्घाटन, जेनिफर–पिटबुलले गाए विश्वकप गीत

जेष्ठ ३० । विश्वकप फुटबलको २०औं संस्करण पेलेको देश ब्राजिलमा गएराति सुरु भएको छ । साओ पाओलोको एरिना डे साओ पाओलो रंगशालामा रंगीन तथा भव्य समारोहकाबीच विश्वकपको औपचारिक सुरुआत गरिएको हो ।

उद्घाटन समारोहमा मानव, प्रकृति र फुटबलबीचको सम्बन्धलाई विभिन्न माध्यमबाट प्रस्तुत गरिएको थियो । ६ सय ६० जना कलाकारहरुले एकै स्थलमा प्रकृति रमानिसबीचको सम्बन्ध झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।

६५ हजार दर्शक उपस्थित रंगशालामा उद्घाटन समारोह चलिरहँदा ब्राजिलका विभिन्न सहरका सडकमा समेत हजारौं फुटबलप्रेमीहरुले आफ्नो राष्ट्रको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

उद्घाटना समारोहको अन्त्यमा विश्वप्रसिद्ध गायिका जेनिफर लोपेज, र्‍यापर पिटबुल र ब्राजिलियन गायिका क्लाउडिया लिट्टेले यसपटकको विश्वकप फुटबलको आधिकारीक गीत प्रस्तुत गरेका थिए ।

विश्वकप आयोजक संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले यसपटकको विश्वकपको लागि २९ लाखभन्दा बढी टिकट बिक्री भइसकेको जनाएको छ । अझैपनि केही खेलको टिकट बाँकी रहेको समेत बताइएको छ ।

रंगशालामा विशेष प्रस्तुति भइरहँदा साओ पाओलोको सडक र विमानस्थलमा भने केही ब्राजिलियनहरुले विश्वकपको विरोध गरिरहेका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रु ग्यास समेत प्रयोग गरेको थियो ।

विमानस्थलका मजदुरहरुले समेत आफ्नो तलब भत्ता बढाउनुपर्ने तथा विश्वकप अवधिभर अतिरिक्त बोनस दिनुपर्ने भन्दै विमानस्थल बाहिरको सडक अवरुद्ध पारेका थिए । (एजेन्सी) 

विश्वकप फुटवलको भब्य उद्घाटन

जेठ ३० – ब्राजिलको साउपाओलोमा रंगिन समारोहबीच यस वर्षको विश्वकप फुटवल प्रतियोगिता उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा ब्राजिलको प्रकृति नागरिक र फुटबलको प्रतिनिधित्व गर्दै ६ सय ६० जना कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।  समारोहमा कलाकारको प्रस्तुतीसँग सँगै प्रविधिको पनि उच्च संयोजन गरिएको थियो । प्रकाशको माध्यमबाट मैदानको बीचमा ठूलो बलको आकृति तयार गरिएको थियो ।
उद्घाटन समारोहको सवैभन्दा आकर्षणको केन्द्र बन्यो अभिनेत्री जेनिफर लोपेजले ब्राजिलियन र्यापर पिटबलसँग गाएको विश्वकप गित वी आर वान अर्थात हामी सबै एक हौं । लोपेज र पिटबलको साथमा ब्राजिलियन गायिका क्लाडिया लिएटले पनि उद्घाटन समारोहमा नृत्य गरिन् ।
यद्यपी उद्घाटन समारोहलाई अपेक्षा अनुसारको गतिलो नबनाइएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पनि ब्यक्त गरिएको थियो । उद्घाटन कार्यक्रममा कुनै औपचारिक समारोह भने भएन ।
हेर्नुहोस् उद्घाटन समारोहका केही तस्बिरहरु
तस्बिर साभार: फिफा डट कम र बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यम
विश्वकप फुटवलको भब्य उद्घाटन (फोटो फिचर)
विश्वकप फुटवलको भब्य उद्घाटन (फोटो फिचर)
विश्वकप फुटवलको भब्य उद्घाटन (फोटो फिचर)
विश्वकप फुटवलको भब्य उद्घाटन (फोटो फिचर)
विश्वकप फुटवलको भब्य उद्घाटन (फोटो फिचर)
 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.