पछिल्लो अपडेट
Showing posts with label अन्य. Show all posts
Showing posts with label अन्य. Show all posts

Tuesday, June 3, 2014

रत्नशमशेर थापा - हाइकु


नाङ्गिदै छन्,
हिउँको अभावमा
हिमालहरू ।
 

लोप हुँदैछ
सौन्दर्य पहाडको
नपाई स्नेह ।
 

मख्ख पर्दैछन्
लहरको स्पर्शमा
किनाराहरू ।
 

खोज्दैछन् वास्ना
कागजको फूलमा
अल्लारेहरू ।
 

को सुन्छ यहाँ
खोला नदीहरूको
तीतो गुनासो ।
 

मनाऊ खुसी
धारिलो छुरा धसी
मेरो मुटुमा ।
 

 
 

विमल गिरी - हाईकु

ओइलाए है
कैयौ बसन्तहरु
अभावमा छु ।


तिर्थस्थल हो
जन्मथलोको यात्रा
याद ताजै छ ।।


निम्ठो मनले
थुम्कोलाई सलाम
आसु चुहाए ।।।


चौबाटामा छु
तिमी क्षितिज पारी
कता जाउ खै ।।।।


वगरमा छु
तिमी सगरमा छौ
अन्तिम यात्रा ।।।।।


Monday, June 2, 2014

छबिलाल सापकोटा " रातामाटे " - हाईकु

हिऊको बाटो
योजना र सपना
चुहिने थैली !!!!



आाशाको घर
सपनाको दिवार
बिश्वास छैन !!!!


स्वेत मार्गमा
छोटियो यात्रा अब
ख़ुशी कुलच्दै !!!!


आशु बोकेर
सपना बगाउदै
ओर्लिन गंगा !!!!



 

केशव लाल जोशी - हाइकु

 १.   सुन्दर लाग्यो !
      विरोधी रंग पनि
      गाजलु आँखा !

 २.  हिउँ मात्र हो .....
      दु:ख पग्लिंदा पनि
      बन्दछ पानि !


 ३.  प्यारो मध्येको
      भटमास अचार
      दुश्मन भयो !





 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.