© निर्मल ज्ञवाली
यदि तपाइँ वेब डिजाइन र ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम सँग त्यति परिचित हुनुहुन्न भने तपाइँलाई जूम्ला भन्ने शब्द सुन्नासाथ लाग्न सक्छ, यो त कर्णाली अंचलको एक जिल्ला होइन र ? तर अहिले हामीले कुरा गर्न लागेको विषय भने नेपालको कुनै जिल्लाको होइन, यो त एक सजिलै वेब साइट बनाउन सहयोग गर्ने बहुचर्चित, नि:शुल्क, ओपन सोर्स, कन्टेन्ट म्यानेजमेन्ट सिस्टम को हो ।
यदि तपाइँले आफ्नो कम्पनिको सुचनाहरु, फोटो, भिडियो, अडियो, लेख, अभिलेखहरुलाई वेबसाइट बनाएर अनलाइनमा राख्ने सोंच बनाउनु भएको छ भने यो एउटा उपयुक्त माध्यम बन्न सक्छ । यसको प्रमुख बिशेषता भनेको तपाइँका सामग्रीहरु अनलाइनमा राख्नका लागि तपाइँलाई टेक्निकल ज्ञानको आबश्यक पर्दैन । अनलाइनमा नि:शुल्क उपलब्ध हुने वेब कन्टेन्ट म्यानेजमेन्ट सिस्टमले तपाइँका सम्पूर्ण सामग्रीहरु सजिलै व्यवस्थापन गरेर राखिदिने गर्छ, चाहे त्यो फोटो होस् वा गित-संगित एक क्लिकको भरमा तपाइँ दुनियाँसामु पुर्याउन सक्नुहुन्छ । र यसको अर्को बिशेषता भनेको यसबाट साना-साना कम्पनीहरुको वेबसाइटदेखि लिएर ठूला-ठूला इ-कमर्स, पोर्टलहरुलाई पनि सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसको आधिकारिक साइटमा उपलब्ध भएका एक्सटेन्सनहरुको प्रयोग बाट तपाइँले चाहेजस्तो साइट केहि मिनटकै भरमा पनि बनाउन सक्नुहुनेछ । यसलाई एम.टी.भी, हावर्ड युनिभर्सिटी, सिटीब्यांक जस्ता ठुला-ठूला संस्थाहरुले आफ्ना वेबसाइटको लागि सफलतापूर्वक प्रयोग गरिसकेका छन ।
यदि तपाइँ लिनक्स, फायरफक्स, एप्याची, ओपन अफिस, वर्डप्रेस आदि-इत्यादि सफ्ट्वयरहरु सँग परिचित हुनुहुन्छ भने पक्कै पनि तपाइँलाई ओपन सोर्स सफ्टवेयर प्रयोग गर्नुका फाइदाहरु थाहा होला । ओपन सोर्स सफ्टवेयरको प्रमुख बिशेषता भनेको यसको एक्टिभ कम्युनिटी हो । जसको आधारमा ओपन सोर्स सफ्टवेयरको पपुलारिटी र लेभल थाहा हुन्छ । जुन कम्युनिटीले ओपन सोर्सलाई हुर्काउने, बढाउने देखिलिएर समस्या आइपरेको बेलामा समाधानका लागि मद्दत गर्ने पनि गर्छ, जुन एउटा नि:स्वार्थ सामुहिक कार्य जस्तो हुन्छ । त्यसैको कारणले संसारमा ओपन सोर्सको मार्केट बढ्दो छ र जस्ले धेरै प्राइभेट सफ्टवेयरहरुलाई पछाडि पार्न सफल भएका उदाहरणहरु पनि छन । जूम्ला पनि एक ओपन सोर्स हो, जसको अहिले सम्म दुइ लाख भन्दा बढी कम्युनिटीमा एक्टिभ सदस्यहरु छन । यदि तपाइँलाई केहि समस्या परेमा ति सदस्यहरु तपाइको समस्याको समाधान गर्न हरपल तत्पर रहन्छन ।
तपाइँलाई कौतुहलता भैसक्यो होला, यति धेरै बिशेषता भएको सफ्टवेयरको सहि सदुपयोग अब कसरि गर्ने त भनेर । ढुक्क हुनुहोस, तलका केहि स्टेपहरु बाट नै तपाईले सजिलै जूम्लालाई इन्स्टल गरेर आफ्नो साइट बनाउन सक्नुहुन्छ । आजकल कति होस्टिंग सर्भिस प्रोभाईडर कम्पनिहरुले त एक क्लिकमा नै जूम्ला इन्स्टल गर्न मिल्ने अफरहरु पनि राखेका हुन्छन । यदि त्यस्ता कम्पनिको सहयोग लिनु भयो भने केहि मिनटमै तपाइँ आफ्नो साइट पनि तयार गर्न सक्नुहुन्छ । यदि तपाइँको कम्पनिले त्यस्तो सर्भिस उपलब्ध गराउदैंन भनेपनि ढुक्क हुनुहोस, जूम्ला इन्स्टल गर्नका केहि साधारण स्टेपहरु फलो गर्नु भयो भने सजिलै आफ्नो कम्प्युटरमा साइट चलाउन सक्नुहुनेछ ।
यदि तपाइँले व्यवसायिक रुपमा नै वेब डिजाइन गरेर आफ्नो करिअर बनाउने सोंच बनाउनु भएको छ भने थप जानकारीका लागि मेरो पहिलेको पोस्टमा क्लिक गर्नुहोस्: के हो वेब फ्रील्यान्सिंग?, घरमै फल्छ डलर!, कसरी फल्छ डलर?
जूम्ला इन्स्टल गर्ने केहि साधारण स्टेपहरु:
१. जूम्ला सफ्टवेयर डाउनलोड गर्ने
जूम्लाको आधिकारिक वेबसाइट (www.joomla.org) बाट नयाँ भर्जनको जिप फाइल डाउनलोड गर्ने र आफ्नो कम्प्युटरको डेस्कटपमा एउटा नयाँ फोल्डर “जूम्ला” बनाउने । सोहि फोल्डरमा अनलाइनबाट डाउनलोड गरेको जिप फाइल एक्स्ट्रयाक्ट गर्ने ।
२. अनलाइन सर्भरमा डाटाबेस बनाउने
नयाँ जूम्ला साइट इन्स्टलेसनकोलागि तपाइँको होस्टिंग सर्भरमा MySQL डाटाबेस बनाउनुपर्ने हुन्छ र एउटा नयाँ प्रयोगकर्ता पनि दर्ता गर्नु पर्दछ । डाटाबेस बनाइसके पछि त्यसको नाम, प्रयोगकर्ता र पासवर्ड लाई कपि गरेर सुरक्षित राख्नुहोस् । जुन पछि जूम्ला इन्स्टलेसन प्रोसेसमा तपाइँलाई आबश्यक पर्छ ।
३. अनलाइनमा अपलोड गर्नेतपाइँले डेस्कटपमा बनाउनुभएको जूम्ला फोल्डरलाई अब अनलाइनको होस्टिंग सर्भरमा अपलोड गर्नु पर्नेहुन्छ । जुन तपाइँले डोमेन दर्ता र होस्टिंग प्याकेज लिदाँ होस्टिंग प्रोभाईडर कम्पनीले उपलब्ध गराएको हुन्छ । कुनै एउटा एफटिपी सफ्टवेयरको सहयोगमा होस्टिंग सर्भरसँग कनेक्ट गर्न सक्नुहुन्छ । होस्टिंग कम्पनिले दिएको एफटिपीको प्रयोगकर्ता नाम र पासवर्डबाट कनेक्सन गरि आफ्नो लोकल कम्प्युटरमा भएको जूम्ला फोल्डर भित्रको सम्पूर्ण फाइलहरु अनलाइन सर्भर को www वा public_html मा चढाउनुहोस । यदि तपाइँलाई यो प्रोसेसमा समस्या भए होस्टिंग कम्पनीको पनि मद्दत लिन सक्नुहुन्छ ।
४. जूम्ला इन्स्टल गर्ने
अब तपाइँले जुन डोमेनमा फाइलहरु अपलोड गर्नु भएको थियो, त्यो डोमेनको URL ब्राउजरमा टाइप गर्नुहोस्, जस्तै: www.your-domain.com । अब तपाइको जूम्ला इन्स्टलेसनको प्रोसेस शुरु हुन्छ, जस्ले तपाइँलाई जूम्लाको इन्स्टलेसन पेजमा लैजान्छ ।
यदि तपाइँ अहिले सम्म नि:शुल्क उपलब्ध भएको नेपाली डोमेन डट एनपि रजिस्टर गर्ने सोंचमा हुनुहुन्छ भने मेरो पहिलेको यो पोस्ट पढ्नुहोस: पर्सनल साइट कसरी बनाउने?
५. भाषा छान्नेपहिले स्टेपमा तपाइँले आफ्नो साइटमा प्रयोग हुने भाषा छान्न पाउनुहुन्छ । यदि तपाइँलाई यस बारेमा धेरै ज्ञान छैन भने डिफल्टमा भएको इंग्लिशलाई नचलाई नेक्स्ट बटन थिच्नुहोस ।
६. सिस्टम इन्भाइरोमेन्ट चेक
दोश्रो स्टेपमा जूम्लाले तपाइँको सर्भरको प्री-इन्स्टलेसन चेक गर्छ । तपाइँको सर्भरको सेक्युरिटी र सिस्टम इन्भाईरोंमेन्ट ठिक छ की छैन सबै एक-एक गर्दै चेक गर्छ र जसको लिस्ट तल दिएको हुन्छ । यदि तपाइँको सर्भरमा कुनै समस्या छैन र जूम्ला साइट चलाउन लायक छ भने पुन: नेक्सट बटन थिच्नुहोस । यदि केहि समस्या भएमा यो प्रोसेस अगाडि बढ्दैन, र तपाइँले होस्टिंग कामपनि सँग सम्पर्क गरेर त्यसको समाधान गर्नुपर्ने हुन्छ ।
७. जूम्ला लाइसेन्स
यो स्टेपमा तपाइँले केहि गर्नु पर्दैन जूम्ला प्रयोग गर्नु अघि एक पटक यसका कानुनि प्राबधान र नियमहरु सरर पढ्न सक्नुहुन्छ । पधिसकेपछि पुन: नेक्स्ट बटन थिच्नुहोस ।
८. डाटाबेस सेटिंगस् गर्ने
यो स्टेप तपाइँलाई अलिकति कन्फ्युजिंग लाग्न सक्छ । तर यसमा आत्तिनु पर्ने कुरा केहि छैन । अघि तपाइले MySQL डाटाबेस बनाईसकेपछी सेभ गर्नु भएको डाटाबेसको नाम, प्रयोगकर्ता नाम र पासवर्ड यसमा राख्नु पर्ने हुन्छ । अघि बनाएर राख्नु भएको फाइल खोल्नुहोस र उक्त कुरा खालि ठाउँमा भर्नुहोस । होस्ट नेममा साधारण तया तपाईले “localhost” लेख्न सक्नुहुन्छ । यदि त्यो गर्दा समस्या भए एक पटक तपाइले MySQL डाटाबेसमा गएर चेक गर्नुपर्ने हुन्छ ।
९. फाइल ट्रान्सफर कन्फिग्योर गर्ने
यसलाई अहिलेको लागि डिफल्टमा जे छ त्यसलाई नै छोडिदिनुहोस र नेक्स्ट बटन थिच्नुहोस ।
१०. साइटको इन्फर्मेसन भर्ने
यो स्टेप तपाइको व्यक्तिगत विवरण भर्ने ठाउँ हो । यसमा आफ्नो साइटको नाम, आफ्नो इमेल र पछि साइट एडिट गर्नको लागि प्रयोग हुने पासवर्ड सेट गर्नुहोस् । साथसाथै तपाइले सजिलोको लागि स्याम्पल डाटा पनि इन्स्टल गर्न सक्नुहुन्छ । जस्ले गर्दा शुरुमा साइटले एउटा आकार पाउछ । र जस्ले तपाईलाई व्यवस्थापन गर्न पनि सजिलो हुन सक्छ । यती गरिसकेपछि पुन: नेक्स्ट बटन थिच्नुहोस ।
११. अन्तिम स्टेप
यती गरिसके पछि साइट संचालन गर्न र इन्स्टलेसन प्रोसेसलाई अन्त्य गर्न तपाइले जूम्ला १.५ भर्जन सम्मको लागि साइटको एफटिपिमा गएर installation फोल्डर रिमुभ गर्नुपर्नेहुन्छ । तर जूम्लाको नयाँ भर्जनहरुमा तपाइँले त्यहिँ बाट एक क्लिक मै रिमुभ गर्न सक्नुहुन्छ ।
यी माथिका ११ स्टेपहरुबाट तपाइँको जूम्ला साइट इन्स्टलेसन प्रोसेस पूरा हुन्छ । अब तपाइँले साइट हेर्नको लागि आफ्नो डोमेन नेम मात्र टाइप गर्नुभयो भने देख्न सक्नुहुन्छ र यसको कन्टेन्टहरु थप, घट गर्नको लागि एडमिन प्यानेलमा जानु पर्ने हुन्छ । जसलाई तपाइँले www.yourdomain.com/administrator हान्नु भयो भने देख्न सक्नुहुन्छ । र यसमा लगिन गर्नकोलागि तपाईले इन्स्टलेसन गर्दा १० न. को स्टेपमा भर्नु भएको प्रयोगकर्ता नाम र पासवर्ड टाइप गर्नुपर्दछ । जस्ले गर्दा तपाइको कन्टेन्ट सम्बन्धित व्यक्ति बाहेक अरुले हेरफेर गर्न पाउदैन । सुरक्षाको लागि तपाइँले उक्त पासवर्ड गोप्य राख्न सक्नुहुन्छ ।
आशा छ यो साधारण स्टेपहरुबाट तपाइँले केहि मिनटमा नै जूम्ला साइट इन्स्टल गर्न सक्नुहुने छ । यदि इन्स्टलेसन गर्ने क्रममा केहि प्राविधिक समस्या आएमा तपाइँ मलाई मेरो व्यक्तिगत इमेल info@nirmal.com.np मा पनि सम्पर्क पनि गर्न सक्नुहुन्छ । र थप जानकारीको लागि जूम्लाको आधिकारिक वेबसाइट www.joomla.org मा गएर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
जूम्ला बाहेक पनि वेबसाइट बनाउन मिल्ने धेरै तरिकाहरु छन्, वर्डप्रेसमा साइट बनाउन चाहनुहुन्छ भने मेरो यो पोस्टमा क्लिक गर्नुहोस्: वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस र यदि तपाइँ अन्य तरिकाहरु पनि सिक्न चाहानुहुन्छ भने मेरो यो पहिलेको पोस्टमा क्लिक गर्नुहोस्: कसरी सिक्ने वेब डिजाइनिंग?
पक्कै पनि तपाइँले साइट बनाईसकेपछी आफ्नो साइट सर्च इन्जिनमा सर्च गर्दा माथि आओस भन्ने चाहानुहुन्छ होला । सर्च इन्जिन भनेको के हो र यस्ले कसरि काम गर्छ जान्न चाहानुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोस् : के हो सर्च इन्जिन अप्टिमाइजेसन?

Post a Comment