पछिल्लो अपडेट

Thursday, May 15, 2014

डा.सुधा शाही - गजल

संसार कस्तो छ ऊ बताउन सक्दैन
 श्रोता हो त्यसैले सुनाउन सक्दैन

पृथ्वीको वरिपरि घुमिरहेको देखिन्छ
तैपनि जूनले धर्ती जोगाउन सक्दैन

जबसम्म आँखा खोलेर खोज्दैन
मान्छेले केही पनि भेट्टाउन सक्दैन

दुखिरहन्छ सधैँभरि यसकारण
दिलको कुरा कसैलाई सुनाउन सक्दैन

यो सोचेर बनाएको हो गरिबले
यो खोलाले मेरो घर बगाउन सक्दैन

जुन आँखामा अरुका सपना हुन्छन्
 त्यो कहिल्यै पनि निदाउन सक्दैन

आफैँसँग छ उसको द्धन्द्ध पनि
ऊ हार्न सक्दैन हराउन सक्दैन

अरुलाई पनि त दुख्न सक्छ घाउ
मान्छे हो त्यसैले पत्याउन सक्दैन

आगो उसैले लगाएको रहेछ
त्यसैले उसले निभाउन सक्दैन

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.