पछिल्लो अपडेट

Wednesday, June 11, 2014

समर प्रकाश


मेरो घरमा मेरी बुढी आमा हुनुहुन्छ
अनि बाबा दैलामाथि फोटामा हुनुहुन्छ

यो तिहारकै दिन भाई गुमाएकी दिदी
कठै मखमली हेर्दै वेदनामा हुनुहुन्छ

आजै सिउदो पुछिएकी ठूली भाउजु
दाजुको नासो पाउन व्यथामा हुनुहुन्छ

त्यो सन्तानले बाबा सोधे भन्दिनु होला है
हेर तिम्रो बाबा त्यहाँ चितामा हुनुहुन्छ

हिजो मात्रै बैनीले भनेकी थिईन बरै
दादा देश भन्दै लड्दै सीमामा हुनुहुन्छ





Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.