झुक्काउछौ दुनियाँलाई अभाव बेचेर
को बन्दछ करोडपति सुझाव बेचेर
पत्त्याउन्न भैगो मैले, ठट्टा नगर
बाँचिदैन गजलका किताब बेचेर
तिमी सोध्छौ पिरतीको मोल जोसँग
उसको चल्छ जिन्दगानी गुलाब बेचेर
दुनियाँलाई आनन्दमा भुलाउनु छ
त्यसैले त म हिड्दछु सराब बेचेर
दशावतार सत्ययुगीन चमत्कार थ्यो
कलियुग चलिराछ नकाब बेचेर
Saturday, May 24, 2014
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment