पछिल्लो अपडेट

Wednesday, June 11, 2014

सुमि प्रकृति - गजल


जब संबेदना भरेर मान्छे जस्तै अवतार बनाउछ
ढुकढुकी चलिन्जेल केहि न केहिले हतार बनाउछ

सफरमा यौवन बचपन सबै सबै छोडेर आएछौ
अब आफ्नै जिन्दगीले तिमीलाई भार बनाउछ

बनाउनेहरु हो! बनाऊ सबै भन्दा धेरै बिक्छ
जे' ले यी मान्छेहरूलाई दिलदार बनाउछ

यी पानी न हुन तालमा बसुन वा गहबाट खसुन
ठॉउ र परिस्थीतीले बेग्ला बेग्लै आकार बनाउछ



Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.