पछिल्लो अपडेट

Thursday, July 3, 2014

टीकाराम रेग्मी - लघुकथाः पापको धन


कोठाबाट बाहिर निस्केर बेञ्चमा टुसुक्क बस्स्दानबस्दै, पल्लो कोठाबाट मोटामोटी सत्तरी पचहत्तरका बुढा मान्छे लड्खडाउँदै बाहिर निस्कदँ गरेकाे देखेँ । कता लोट्छन् कि जस्तो लाग्यो, हातको सहारा दिएँ ।
'बुवा कहाँबाट ?' सोधें ।
'भैरहवाबाट ।' दबित स्वरमा बोले बुढा ।
'एक्लै ?' म बसिरहेको बेञ्चमा बसालेपछि सोधें ।
'कसलाई ल्याउँ त ?' बुढी आउन मानिन । बुढाकाे सास फुल्दै थियाे ।
'अनि यस्तो बेला यहाँ किन त ?'
'कति अस्पताल गएँ, डाक्टरहरू औषधि लेख्दिन्छन् खायो, तीन दिन अलिक सहज हुन्छ, त्यसपछि उस्तै । गाउँलेहरुले यहाँ हुन्छ भनेको सुनें, आएँ । अब यिनीहरुले जे गर्लान् गर्लान् । बुढाले बल्ल बल्ल यति भनी सके र स्याँ स्याँ गर्न लागे ।
'अनि छोराछोरी छैनन् त यस्तो बेलामा सहयोग गर्नलाई ?'
'छन् नि किन नहुनु । तर के काम ? तिनलाई नोट छाप्दै फुर्सद छैन । म किन चाहिएँ र अब ?' बुढाले आँखा टिलपिल पारे ।
भने, 'हिजो के ख्वाऊँ, के लाइदिऊँ भन्ने बेला मरिहत्ते गरें, यो जीवनमा के गर्न हुने गरें, के गर्न नहुने गरें, सबै गरें । बुढाले भुँडी देखाए र भने हेर बाबु, 'यो भुँडीमा के छैन ? अलकत्रा, कोइला, मट्टीतेल, डिजेल, पेट्रोल के के भन्छौ, रत्नपार्कको फोहोर र आर्यघाटको दाउरा पनि यसैमा छ । त्यति मात्र हाेइन, भान्जीलाई घडेरी किन्दाकाे कमिसन हाेस कि, भाईलाई अँश हास् । तर के काम अब ती सबैको ? बुढाका आँखाबाट तरर नदी बगे ।
म भनें निशब्द टोलाई रहेको थिएँ ।
बुढा स्याँ स्याँ गर्दै फेरि बोले, 'बाबु, मलाई राम्ररी बोल्न र हिड्न मात्र सक्ने बनाइ दियो भने यो प्राकृतिक चिकित्सालयलाई पचास लाख चन्दा दिन्छु । कसलाई राखूँ र त्यो पापको धन ? 



Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.