दशैंले छोपिसक्यो | अफिस आज अन्तिम दिन जानै पर्ने किनमेल पनि ढिला भै सक्यो ... नानीहरुको स्कुल पुग्नु पर्ने .. उफ्फ.... ” “येतिखेरै फोन ... रिसाउँदै शान्ताले फोन उठाइ । ...
“हेल्लो हजुर शान्ता बेनामे हैन महिला सहकारी सस्थाको मान्छे ?’
“ हो भन्नुस के छ ?”
“सुन्नोस न एउटा कुरा अस्ति ब्लड डोनेशन तपाईले पनि गर्नु भो हैन ? त्यो ग्रुप २० जनामा २ जनालाई एच आइ भी पोजेटिभ देखिएको छ है नाम पनि शान्ता नै हो । ल्याब रिपोर्ट ल्याउदा हेरेको थिएँ क्या त अस्ति प्रोग्राममा .. ,,अब त चिन्नु भो हैन ? हतारमा छु के हो अफिसमा आएर बुझ्नु ल फेरी भोलि बाट त अफिस बन्द हुन्छ नि” ।
शान्ता फोन राखेपछि पर्सेको बोको झैं भइ अहँ यो म हुनै सक्तैन रिपोर्ट गल्ति हुन सक्छ फेरी स्वास्थ्य कर्मी हो कसरि झुट ? ...........कतै २ जनामा मेरै नाम त परेन ? धत् कसरी हुन्छ ? किताब पल्टाइ हेरी .. ए... साँची अस्ति हस्पिटलमा पो गडबड गरेछ क्यार पक्कै नर्सको अनुहारै रिस उठ्दो थियो ।,....दुर्घटना हुदा सघाएको नि ! .. के भर श्रीमानले पो सारे कि ? धत् म पनि कति पापी यस्तो भलाद्मी मान्छेलाई सोच्ने ? यदि सांचिकै हो भने त नानीहरु त टुहुरा हुने भए फेरी आफन्त ...समाजमा कसरि मुख देखाउने ? उफ्फ... अहिले नै गएर टुंगो लाउछु | फेरी के भन्दै जानु त्यहाँ ? ... नजादा झन ..... उ छटपटिन थाली किन हो श्रीमान् को अनुहार हेर्ने मन लागेंन बोलिन पनि ।
दौडदै अफिसमा गएर हेरी कर्मचारी हरु फिल्डमा गइसकेछन | भोलि पल्ट पुग्दा सम्बन्धित विभागका कर्मचारी दशैं छुट्टी लिएर गइसकेका रहेछन निरस मन लिएर फर्की नानीहरु खुसीले उफ्रिदै मामाघर जाने पिंग खेल्ने तयारीमा जुटे अहँ उसका निम्ती यो दशैं दशा बन्यो |
बडो तनाबमा ७ दिन काटे पछि मुस्किलले नामावली हेर्ने बल्ल साइत जुर्यो .......ढुक्क भएर लामो सास फेरी अहिले सोच्दै छे यो ७ दिनले नै ७ बर्स जस्तो लामो यति गलायो सांचिकै हुनेहरुको मन कस्तो होला ! पुकारी हे दुर्गा भवानी रक्षा गर यो पल कहिल्यै कसैलाई नआवोस |||
Post a Comment