पछिल्लो अपडेट

Friday, June 6, 2014

जाल कुमार मगर - गजल

मेरो देश अन्धकार बाट मुक्त कैले होला
हत्या हिंसा भ्रष्टाचार बाट मुक्त कैले होला

बिद्रोहको नाउँमा रगतको खोलो बग्यो
भाइ भाइको काटमार बाट मुक्त कैले होला

छिमेकीको हस्तक्षेप गुण्डागर्दी सहनु छ
यो घृणित ब्यवहार बाट मुक्त कैले होला

जातततै पड्केकाछन् बम गोला बारूदहरु...
डर त्रासको हतियार बाट मुक्त कैले होला

अशान्ति र गरीबीले घेरिएको छ यहाँ
भोक्मरी र बेरोजगार बाट मुक्त कैले होला 


 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.