पछिल्लो अपडेट

Tuesday, June 3, 2014

खकेन्द्र समर्पण - गजल

औ!अकस्मात आयौ मैले चिन्न सकिन
मलाई के- के बनायौ मैले चिन्न सकिन

तिम्रै अगाडि थियो एक निर्दोष अनुहार
तिमी अन्तै हरायौ मैले चिन्न सकिन

अली डराए जस्तो अली लजाए जस्तो
क्या! चेहेरा देखायौ मैले चिन्न सकिन

थोरै नसिला थोरै कसिला आखाले
थोरै मुस्कान चुरायौ मैले चिन्न सकिन

न बोली न बोलाई तिमी हरायौ म बाट
सायद तिमी रिसायौ मैले चिन्न सकिन


 
 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.