पछिल्लो अपडेट

Tuesday, June 3, 2014

मनोज न्यौपाने - गजल,


साहुको रिन सम्झिन्छु, निद्रा लाग्दैन!!
बन्धकि जमिन सम्झिन्छु, निद्रा लाग्दैन!!

बूढा छन् बा आमा, म छु बेरोजगार,,,
भोलिका दिन सम्झिन्छु, निद्रा लाग्दैन!!

धेरै भो, मेरो घरमा धमिरा लागेको,,,
जग र दलिन सम्झिन्छु, निद्रा लाग्दैन!!

सन्तानको भविष्य सोच्दै आफूलाई,,
क्षमताहिन सम्झिन्छु, निद्रा लाग्दैन!!


 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.