पछिल्लो अपडेट

Tuesday, June 3, 2014

एम पि केयरलेस - गजल

कहिले राखिएन रहेछ दुरी आफैसँग
र त भएन आजसम्म चिनाजानी आफैसँग

 हिजोको म आफै र,आजको म आफै
झुकिइ रहन्छु मै धेरैचोटी आफैसँग

आफुसँग भएकोब उज्जालोलाई आगो सम्झि
सधी भागी रहन्छ जुनकिरी आफैसँग

 कती माया गर्नुहुन्छ ? भनि उन्ले सोधेपछि
जबाफमा भनिदिन्छु सोध्नु तिमी आफैसँग


 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.