पछिल्लो अपडेट

Sunday, June 1, 2014

राम थापा अविरल - गजल

अचेल घरहरु पनि कारागारजस्ता छन्
र,कविताहरु पनि समाचारजस्ता छन्

शान्तीको सौदाबाजी चलेकै मितिदेखि
यी फूलहरु पनि त तरवारजस्ता छन्

आफ्नै पैतालाको उति भर छैन यहाँ
हाम्रा अधिकृत पनि अखबारजस्ता छन्...

यो भद्रगोलमा जे पनि त भएकै छ नि
किसानहरु पनि कलाकारजस्ता छन्

हाय ! यो कस्तो समय देख्नुपर्ने भयो
यी बुढाहरु पनि त कुमारजस्ता छन्


Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.