जति हतियारको धारले मुख मिठ्याई रहेछ
उस्ले त्यति पत्थरमा हतियार उद्याई रहेछ
फैसला सुनाउनु अघि यो कुरा सोच्दै सोचिएन
कठघरामा उभिएको कैदी किन चिच्याई रहेछ
कठघरामा उभिएको कैदी किन चिच्याई रहेछ
मैले जस्को लागी सबथोक त्यागी हिडेको थिए
आज उसैले बाटोभरि काडाँ बिछ्याई रहेछ
आज उसैले बाटोभरि काडाँ बिछ्याई रहेछ
म अन्तिम पटक निदाउने छु सँधैको लागी
किन की मेरो यो मुटु कसैले टुक्र्याई रहेछ
किन की मेरो यो मुटु कसैले टुक्र्याई रहेछ
तिम्रो केही दोष छैन अभागी नाजुक हुनुमा
अभागीलाई यो समयले नै लत्याई रहेछ
अभागीलाई यो समयले नै लत्याई रहेछ
Post a Comment