पछिल्लो अपडेट

Wednesday, May 14, 2014

सुमन लम्साल - गजल

कुनै बेलाको प्यार अहिले रिन भएको छ ।
को को रहेछन आफ्ना बल्ल एकिन भएको छ ।

कस्ले खोजिदेला मेरो हराएको मान्छे,
यहाँ आफैलाई चिन्ऩ त कठिन भएको छ ।

आकाश देखैर उस्ले आफ्नो धरातल बिर्सेछ,
पैतलालाई भारी आज जमिन भएको छ ।...

सिसा कमसल हो या यो अनुहारनै कमसल हो,
ऐनामा मेरो चेहेरा मलिन भएको छ ।

यस्तो विज्ञानले खै हामिलाई कहाँ पुर्याउला,
मेसिन मान्छे र मान्छे मेसिन भएको छ ।


 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.