पछिल्लो अपडेट

Wednesday, May 14, 2014

राजीव रिमाल - गजल

न स्थिर राखेर, न गतिशील बनाएर,
कहाँ पुगिएला यसरी जिन्दगी चलाएर । 


बतासले कहां–कहां पु¥यायो होला ?
मेरा खुशी र सपना उडाएर । 

म,आफुले आफैलाई बिर्सन खोज्दैछ,
तस्बीर जलाएर, ऐना फुटाएर ।

बगायो सिङ्गो मुलुक नै बगायो,
तिमीले बेचेको नदी रिसाएर ।

यिनै गजलकारले जड्ह्या बनाए,
संधै गजलाई मदिरा चखाएर


  

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.