पछिल्लो अपडेट

Thursday, May 15, 2014

अमला अधिकारी - गजल



 भगवानमाथि गतिलो भर राखेकी छिन्
अनि मूलबाटोमा नजर राखेकी छिन्

बेपत्ता बहिनीको हुलिया हेर्न आऊ
आमाले सन्दुकमा घाँघर राखेकी छिन्

अलिकति किताब र युग पढाउन...
हजुरआमाले नाती सहर राखेकी छिन्

रातो माटोमा नङले कोपरेर उनले
भित्तामा पर्देशीको नम्बर राखेकी छिन्

दिल चोर्नेहरू बाल्मिकी हुन्छन् भनेर
अमलाले प्रेमीको नाम रत्नाकर राखेकी छिन्

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.