पछिल्लो अपडेट

Thursday, May 15, 2014

ज्ञानुवाकर पौडेल - गजल



 कोही भोग विलासमा मात्तिइरहेका यी मान्छेहरू
कोही दुःख सुख भोग्न आत्तिइरहेका यी मान्छेहरू

हिजोको भुइँचालोले भताभुङ्ग भएको यो सहर
आज परम्परागत जात्रा मनाइरहेका यी मान्छेहरू
...
कसैले उत्रेर घाटको पानीमा नुहाएको देखिएन
सिँढीमै बसेर हातमुख धोइरहेका यी मान्छेहरू

मान्छेले आफ्नो जिब्रो कुकुरको पुच्छरसँग साँटेछन्
सत्य भन्दा मलाई बौलाहा बनाइरहेका यी मान्छेहरू

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.