यो दैबको कर्म खेला, कस्ले देख्या छ र ?
कती दिन्छ झै-झमेला, कस्ले देख्या छ र ?
मेरी मैया यसै भन्दै, रुन्छिन् घरी-घरी
गर्ने हौ कि पछी हेला, कस्ले देख्या छ र ?
नेपालबाट बिदेशमा, पैसै फल्छ भन्छन्
यि उठेका हात का ठेला, कस्ले देख्या छ र ?
कती दिन्छ झै-झमेला, कस्ले देख्या छ र ?
मेरी मैया यसै भन्दै, रुन्छिन् घरी-घरी
गर्ने हौ कि पछी हेला, कस्ले देख्या छ र ?
नेपालबाट बिदेशमा, पैसै फल्छ भन्छन्
यि उठेका हात का ठेला, कस्ले देख्या छ र ?
रक्तचाप बढ्यो भन्दै, डाक्टर कहाँ जान्छन
ओखती हो त्यो करेला, कस्ले देख्या छ र ?
टाढा हुँदा मुख्ले मलाई, ठिक्क पार्ने त हुन्
हुँदा यहाँ म अकेला, कस्ले देख्या छ र ?
Post a Comment