पछिल्लो अपडेट

Tuesday, June 3, 2014

मधु साश्रु - गजल

आफ्नो हराएको पहिचान खोज्दैछु ।
आफूले गुमाएको ईमान खोज्दैछु ।

मन्दिर, मस्जिद, चैत्य, गुम्बा आदीमा,
फेला नपरेको भगवान खोज्दैछु ।

बस्तीमा सब मरेका मान्छे रहेछन,
जिउदो मान्छे बस्ने चिहान खोज्दैछु ।

कठै बरा बिना मूल्यमा बेचिएछ,
मधु बेचिएको दोकान खोज्दैछु । 


Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.