कसैको प्रेम मुस्कानमा देखिन्छ
कसैको भने ओछ्यानमा देखिन्छ
पिरतीको एक महानयुद्ध लड्न
तयार योद्धा मैदानमा देखिन्छ
अर्जुनजस्तो दुविधामा छैन ऊ
लड्न्र पर्ने अडानमा देखिन्छ...
वाउ–आमाकोजस्तै वानी व्यहोरा
हुवहु सवै सन्तानमा देखिन्छ
कानूनको छलेको फरार कैदी
कानूनसँगै जलपानमा देखिन्छ ।
Sunday, June 1, 2014
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment