जेठ ३० – ब्राजिलको साउपाओलोमा रंगिन समारोहबीच यस वर्षको विश्वकप फुटवल प्रतियोगिता उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा ब्राजिलको प्रकृति नागरिक र फुटबलको प्रतिनिधित्व गर्दै ६ सय ६० जना कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । समारोहमा कलाकारको प्रस्तुतीसँग सँगै प्रविधिको पनि उच्च संयोजन गरिएको थियो । प्रकाशको माध्यमबाट मैदानको बीचमा ठूलो बलको आकृति तयार गरिएको थियो ।
उद्घाटन समारोहको सवैभन्दा आकर्षणको केन्द्र बन्यो अभिनेत्री जेनिफर लोपेजले ब्राजिलियन र्यापर पिटबलसँग गाएको विश्वकप गित वी आर वान अर्थात हामी सबै एक हौं । लोपेज र पिटबलको साथमा ब्राजिलियन गायिका क्लाडिया लिएटले पनि उद्घाटन समारोहमा नृत्य गरिन् ।
यद्यपी उद्घाटन समारोहलाई अपेक्षा अनुसारको गतिलो नबनाइएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पनि ब्यक्त गरिएको थियो । उद्घाटन कार्यक्रममा कुनै औपचारिक समारोह भने भएन ।
हेर्नुहोस् उद्घाटन समारोहका केही तस्बिरहरु
तस्बिर साभार: फिफा डट कम र बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यम
Post a Comment