पछिल्लो अपडेट

Tuesday, June 3, 2014

मनु ब्राजाकी - गजल


 छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ ।
नेपालअको बाघ मर्ने अझै रिवाज बाँकी छ ।

बेचीसक्या रै'छ अब खोज्नु कहाँ आफ्नो सिमाना ?
औंठाछाप,पन्जाछाप राखेको दराज बाँकी छ ।

झूठो इतिहासजस्तै साहित्यका पाना पनि छन,
चिन्तन गर्न हामी सँग कुहिएको प्याज बाँकी छ ।

लोकतन्त्र भन्दा पनि भोकतन्त्र आज फस्टायो ,
लाम लागि जुठोपुरा खान यै कबाज बाँकी छ ।

नयाँ बन्ने छाँट छैन ,पुराना छन नयाँ रंगमा,
छोरा गुण्डा ,देशद्रोहीहरुकै समाज बाँकी छ ।

नेपाली हुँ भन्ने गर्ब कतै पनि आज रहेन,      
आँखा चिम्ली बसेका छौं , यत्ती हाम्रो लाज बाँकी छ ।


Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.