पछिल्लो अपडेट

Thursday, May 15, 2014

विपीन सलामी - गजल



 चेहरा देखिएन ऐनासम्म पुगेर
फर्किएछ उज्यालो कोठासम्म पुगेर

के हो प्यास उनीहरुलाई सोध्नुहोस्
जो फर्किएका छन् कुवासम्म पुगेर

यो अभाव पनि मसँगै फकिएको हो
परदेशको कुना कुना सम्म पुगेर...

तिम्रा सबै सवालको जवाफ पाउँछौ
आऊ हेर मेरा आँखासम्म पुगेर

तिमी र चरामा फरक छैन सलामी
बल्ल फर्केका छौँ काँकाँसम्म पुगेर

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.