पछिल्लो अपडेट

Monday, August 4, 2014

किन ढाट्दैछन् मोदीले नेपालीलाई ?


       काठमाडौ साउन १९ – प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा व्यवस्थापिका संसदमा दिएको अभिव्यक्ति कति सत्य हो, त्यो पुरा होला नहोला आफ्नै ठाउँमा छ तर जितबहादुर सारु मगरको हकमा उनले नेपाल जनतालाई ढाँटेको खबर प्राप्त भएको छ । प्रधानमन्त्री मोदीले नै आफ्नो ट्वीटरमा जितबहादुलाई सानैदेखि आफूसँग राखेको र पहिलो पटक उसको आमाबाबुलाई बुझाउन गइरहेको कुरा सार्वजनिक गरेका थिए । उनको यस कदमलाई सबैले स्वागत र वाहवाही गरेका थिए । सोमबार राजधानीको हायात रिजेन्सीमा जीतबहादुर र उनको परिवारसँग भेट गराएको कुरा सबै मिडियाले प्राथमिकतासाथ प्रशारण पनि गरे ।

तर, वास्तवमा जीतबहादुरले यसअघि पनि दुई पटक आफ्ना परिवारसँग भेटिसकेका छन् । भारतकै एकजना बुद्धिजीवी विनोद मेहताले आफ्नो ट्वीटरमार्फत एक फोटो सार्वजनिक गर्दै प्रधानमन्त्रीको भनाई ‘फ्रड’ भनेका छन् ।
सार्वजनिक गरिएको फोटोमा जितबहादुर केही वर्ष पहिले आफ्ना परिवारसँग भेटेको र सामुहिक तस्विर खिचाएको छ । फोटोमा दाजु, भाउजु, भतिजा भतिजी र आमाका साथमा मुस्कुराउँदै छन् । जवकि प्रधानमन्त्री मोदीले पहिलो पटक उसको परिवारलाई भेट्दैछन् भनि दावी गरेका छन् । मोदीको भनाई र यो फोटोले नेपाली जनतालाई शंकाको घेरामा राखिएको छ । राजनीतिक विश्लेषकहरुको भनाईमा प्रधानमन्त्री मोदीले नेपालमा चर्चा र भावनात्मक वाहवाही पाउनका लागि जितबहादुरलाई प्रयोग गरेको हुनुपर्छ । दुई तीनवर्ष अगाडि आफ्ना परिवारसँग भेटी सकेका जितबहादुर १६ वर्षपछि पहिलो पटक भेट्दैछन् किन भन्छन् होला ।
नवलपरासीका एक पत्रकारले दुई तीनवर्षअघिदेखि उनको खोजी भइरहेका थिए तर जितबहादुर आफ्नो परिवारलाई भेटेकी भेटेन त्यो थाह नभएको बताए । शंका गर्ने ठाउँ एउटा अर्को पनि रहेको छ । जितबहादुरलाई कुनै पनि कुरा सोध्दा साहब (मोदी) सँग सोधेर मात्र भन्ने प्रतिकृया दिँदै आएका छन् । २७ वर्षीय जितबहादुर १० वर्षकै उमेर आफ्ना दाजु दशरथको साथमा मजदुरीका लागि भारत गएका थिए । दाइसँग मजदुर काम गरिरहेका जितबहादुर आफ्ना दाइसँग घर फर्केनन्, उतै हराए । एकजना महिलाको मध्यमबाट नरेन्द्र मोदीको सम्पर्कमा गए । त्यसबेलादेखि हालसम्म परिवारको सम्पर्कमा नआएको दावी प्रधानमन्त्री मोदीको रहेको छ । जितबहादुरका परिवारका साथ काठमाडौ आएका रामचन्द्र धितालका अनुसार २०५५ सालमा भारत गएयता जितबहादुर दुईपटक आफ्ना परिवारसँग नेपाल आएर भेटीसकेका छन् । उद्योगपति विनोद चौधरीको प्रयासमा खोजि कार्यभएपछि पहिलो पटक २०६८ सालमा नेपाल आएर आफ्ना परिवारसँग एक महिनासम्म बसेका थिए । दोस्रो पटक २०६९ सालको तिहारमा आएर टिका लगाएर फर्केका थिए । सोही बेला आएको बेला परिवारसँग सामूहकि तस्विर खिचाएको स्रोतको दावी छ । यसअघि दुई पटक जितबहादुर आफ्ना परिवारलाई भेटेपनि नरेन्द्र मोदीले आफ्नो सामुन्नेमा उनको आमालाई भेट गराएको पहिलो पटक रहेको धितालको दावी छ । भारतीय दुतावासको सहयोगमा नवलपरासीबाट आफ्नो छोरालाई भेटन् काठमाडौ जितबहादुरका परिवार जितवहादुरका परिवार ह्यात होटलमा बसिरहेका छन् ।
स्मरण रहोस्, बेलायतका प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा बीच बाटोमा गाडी रोकेर बाटो छेउमा राखेको पसलबाट केही खाएका थिए । उनको यस कार्यले उनले भारतमा वाहवाही तथा भारतीय नेताहरुले अलोचना सहनु परेको थियो । तर, पछि त्यो केवल पब्लिसिटी स्टन्ट मात्र रहेको प्रमाणित भएको थियो ।
 
SOURCE :- Radio Betana97.1Mhz

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.