पछिल्लो अपडेट
» #YPYF2016,khagendrakc,Nepal» बुलबुल - 269» बुलबुल - 268» नयाँ बुलबुल - 57» बुलबुल - 267» नयाँ बुलबुल - 56

Sunday, June 8, 2014

नबिन नेपाल - गजल


तैले पडेको के काम भो छोरा ?
हुर्की बडेको के काम भो छोरा ?

सिमाना तेरो खन्यो कसैले
युद्ध लडेको के काम भो छोरा ?

पुर्खाको नामै मेटिन लाग्यो
शिर ठडेको के काम भो छोरा ?

बुद्ध हाम्रो भन्दैछन कोहि
रगत चडेको के काम भो छोरा ?

पसिना तेरो खाडिमा सुक्छ
खेती जडेको के काम भो छोरा ?

यो छाती पोल्दा दुखेन तलाई
मुटु डडेको के काम भो छोरा ?

सहारा खोज्दा बिलासी भैदिस
बिश्वास अडेको के काम भो छोरा ?



Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.