पछिल्लो अपडेट

Wednesday, May 14, 2014

कपिल अन्जान - गजल

समयले बाटो बिराउन सक्छ
नसोचेको मान्छे आउन सक्छ

उस्को भोक म मेटाउन नसकुलाँ
गजल सुनेर ऊ मुस्कुराउन सक्छ

श्रृङ्गार अलि कम गर्नु तिमीले 
जून ताराले नजर लगाउन सक्छ

कागले पुरानो सन्देश दिँदैछ
कसैले जवाफ पठाउन सक्छ


अन्जानको परीक्षा कदापी नलिनू
हज्जारौं ताजमहल बनाउन सक्छ

 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.