पछिल्लो अपडेट

Wednesday, May 14, 2014

टिकाराम रेग्मि 'विकास' - गजल



 बिडम्बना पनि रहेन बिडम्बनाजस्तो
जब दुनियाले बुझिदियो चाहनाजस्तो

भन्नुस ऊनका आँखा कसले पढेनन ?
अत्यन्तै, अत्यन्तै जरुरी सुचनाजस्तो

न क्षेत्रफल थाहा छ न आयतन थाहा छ ...
रहेछ यो जिन्दगी पनि सपनाजस्तो

कहाँ दुख्छ किन दुख्छ किन सोध्नुहुन्छ ?
हुन्छन र पिडाहरु पनि गहनाजस्तो


 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.