पछिल्लो अपडेट

Tuesday, June 3, 2014

शेखर "अस्तित्व" - गजल

चर्किन्छ अझै'नि किन छाती भन्दिनँ म !
भन्दिनँ ल, तिमीलाई घाती भन्दिनँ म !

सानैदेखि राम्रो सङ्ग चिनेकोछु मैले !
आफूलाई धरो धर्म जाती भन्दिनँ म !

पूजा गरें, ढोगें, अरू बढ़ि के गरूँ र ?
ईश्वरलाई आमा भन्दा माथी भन्दिनँ म !

सामन्ती घमण्डको त्यो चश्माले न हेर !...
जुलूस् हो यो कमिलाको ताँती भन्दिनँ म !






-

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.