“राधा, तिमी आज किन यति धेरै चिन्तित देखिन्छ्यौ ?” रमणले बादलबाट आँखा उठाएर उनलाई हेर्दै भन्यो ।
“होइन, म चिन्तित नै छु भनेर तिमीले कसरी ठोकुवा गर्न सक्छौ ?”
“तिम्रो मुखाकृति बोल्छ, मुखै बोल्न पर्दैन नि, राधा, अनुहारलाई त हृदयको ऐना भन्छन् !” “कहिले पो थियो र उज्यालो अनुहार त यिनको !” मनमनै सोच्यो ।
“ल त्यसो हो भने, मेरो मनमा अरू के के खेल्दै छन् ? भन त ।”
“तिमि निहुँ खोज्न जानेकी छ्यौ जस्तो लाग्छ ।”
“किन ? मेरो बोलि र व्यवहार तिमीले चाहे जस्तो भएन भनेर ?”
धेरै दिनदेखिको खडेरीले आलसतालस शरीरलाई दुई दिनदेखि परेको पानीले बौराएको थियो तर बादल भने अघाए जस्तो थिएन । ऊ बादलभित्र के खोज्दै थियो कुन्नी । भन्यो
– “राधा, तिम्रो चिन्तित आकृति हेर त त्यो बादलमा ।”
राधाले आफूलाई खिज्याएजस्तो मानी । “अगाडिको मान्छेलाई बास्तै नगरी बादलमा खोज्छौ ? अझ मैस“ग निहु“ खोज्ने ?”
राधाले आफूलाई खिज्याएजस्तो मानी । “अगाडिको मान्छेलाई बास्तै नगरी बादलमा खोज्छौ ? अझ मैस“ग निहु“ खोज्ने ?”
“राधा, के ब्रहमाण्डमा हामीसबैको आकृति होला ? तिमीलाई के लाग्छ ?”
“नचाहिएको कुरा गर्दै बिताउनलाई समय छैन मसँग ।” ऊ च्याट्ठिई ।
“होइन राधा, तिमीले पनि हेर न । मैले त तिमीलाई मात्र होइन, आमालाई पनि देखें । ऊ, हेर त । यता, यता । तिमीभन्दा दायाँतिर आमा हुनुहुन्छ । हेर न कति निनाउरो अनुहार । अस्ति सपनामा त मैले हँसिलो अनुहार देखेको थिएँ ।
उसले राधालाई हेर्यो । ऊ त अघिकोभन्दा पनि अमिलिएकी रहिछे । उसले थप्यो, “राधा, के हामीले आमालाई यसरी दुख मान्नु पर्नेगरी केही गर्यौं र ? आज मलाई नरमाइलो लागिरा’छ ।” उसले बादल तिर हेर्दै फेरि भन्यो, “हेर न राधा, आमाले त आँशु नै झार्नुभयो ।”
“सँगै बसेर हरेक ईच्छा र आवश्यकता पूरा गर्ने श्रीमतीको मतलब छैन, मरेकी आमालाई बादलमा कल्पना गरेर मलाई घोच्नुपर्छ ?”
“होइन, राधा, ऊ हेर त तिम्री आमा पनि देखे“ ।”
“हो र ? साच्चै ? खोई देखाऊ त मलाई पनि !” राधाले आँखा च्यातेर हेरी ।
Post a Comment